पुरानो कतारी नोट सट्हीका लागि केन्द्रीय बैकको अर्को सूचना

दोहा। कतारी रियालको पुरानो नोट सट्ही गर्ने सम्बन्धमा यहाँको केन्द्रीय बैकले पुनः अर्को सूचना जारी गरेको छ। जसअनुसार पुरानो नोट सट्हीका लागि बैकले १ जुलाइलाई अन्तिम समय घोषणा गरेको छ।
यो अवधिभित्र नोट सट्ही गर्न इच्छुक व्यक्तिले पूर्व सूचना दिनुपर्ने बताइएको छ। १ जुलाइपछि पुरानो नोट चलनचल्ती नरहने यसअघि नै केन्द्रीय बैकले जानकारी दिइसकेको छ।
कतारमा हाल पाँचौ संस्करणको नोट चलनचल्तीमा आइसकेको छ। कतारको राष्ट्रिय दिवसको अवसरमा गत डिसेम्बरदेखि नयाँ नोट चल्तीमा आएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर