गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीले ‘ग्रीनकार्ड’ नपाउने

गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीले ‘ग्रीनकार्ड’ नपाउने

वासिङ्टन। गैरकानूनी रुपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूले ‘ग्रीनकार्ड’ नपाउने भएका छन्।

एल साल्भाडोरका एक जोडीले सन् २०१४ मा ‘ग्रीनकार्ड’ का लागि आवेदन दिएका थिए। यो जोडी सन् १९९८ मा गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेको थियो। सन् २००१ मा एल साल्भाडोरमा गएको भूकम्पपछि त्यहाँ जान असम्भव भएको भन्दै उनीहरूले अमेरिकामा टिपीएस प्रणालीअन्तर्गत शरण मागेका थिए।

यही स्टाट्समा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएको यो जोडीले सन् २०१४ मा आएर ग्रीनकार्डका लागि आवेदन दिएका थिए।

उनीहरूको यही माग मुद्धाको रुपमा सर्वोच्च अदालतमा विचाराधीन थियो। जसको सोमबार फैसला आएको हो। सर्वोच्च अदालतले उनीहरू कानूनी रुपमा अमेरिका प्रवेश नगरेको भन्दै उनीहरूको आवेदन अस्विकार गरेको हो। यो मुद्धामा अमेरिकाको जिल्ला अदालतले उजुरीकर्ताको पक्षमा फैसला गरेको थियो। तर, पुनरावेदनमा जिल्ला अदालतको फैसला उल्टिएपछि मुद्धा सर्वोच्च पुगेको हो।

सर्वोच्च अदालतका न्यायाधीस कागेनको फैसलामा भनिएको छ, ‘ग्रिनकार्डका लागि आवेदन दिन टिपीएस वाहकले कानूनी रुपमा अमेरिका प्रवेश गरेको हुनुपर्छ। तर, उनीहरू गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका टिपीएस वाहक भएको हुनाले ग्रिनकार्ड प्राप्त गर्न योग्य छैनन्।’

अमेरिकामा झण्डै ४ लाख टिपीएस वाहक छन्। यसमध्ये ८५ हजार टिपीएस वाहकले ‘स्टाट्स एडजस्ट’ गरेर ग्रीनकार्ड पाउन सफल भएका थिए।
सर्वोच्चको यो निर्णयसँगै बिना भिसा सीमाक्षेत्रबाट प्रवेश गर्नेहरू प्रभावित बन्नेछन्।



No ads found for this position