कतारबाट थप एक श्रमिकको शव काठमाडौं पठाइयो, सरकारी अस्पतालमा अझै ८ शव

दोहा। कतारबाट थप एक नेपालीको शव काठमाडौं पठाइएको छ । नेपाल एयरलाइन्सको उडानबाट मृतक विष्णु बस्यालको शव नेपाल पठाइएको हो।शव मंगलबार बिहान सबा ९ बजे काठमाडौं पुगेको हो।
कोरोनाना भाइरसको दोस्रो प्रभावपछि बन्द भएको कतारतर्फको नियमित उडान सोमबारबाट सुरु भएपछि यहाँ अड्किएका शवहरू पठाउने क्रम सुरु भएको छ।
कतारमा एक महिना उडान बन्द हुँदा १२ नेपालीको शव अड्किएको थियो। यी सबै श्रमिक रहेको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ।
उडानको पहिलो दिन सोमबार कतार एयरवेजबाट तीन नेपालीको शव काठमाडौं पठाइएको थियो। सोमबार निरप्रसाद कामी, जङ्ग बहादुर सुवेदी र धन बहादुर नेपालीकाे शव पठाइएको थियो।
कतारको विभिन्न सरकारी अस्पतालमा अझै ८ वटा शव रहेको नेपाली दूतावासले जनाएको छ ।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर