जोर्डनसँग नेपाल ३–० ले पराजित

जोर्डनसँग नेपाल ३–० ले पराजित

कुवेत सिटी । विश्व कप छनोटअन्तर्गत जोर्डनविरूद्धको खेल नेपालले ३–० गोलले गुमाएको छ। बाह फैसलको २ तथा डिफेन्डर याजन अल अरबको एक गोलको सहयोगले जोर्डनले जित सम्भव पारेको हो।

पहिलो हाफमा गोलकिपर किरण चेम्जोङको उत्कृष्ट बचाउमा जोर्डन एक गोलको मात्र अग्रता बनाउन सफल भएको थियो। २३ मिनेटमा पाएको पेनाल्टीलाई फैसलले गोल गरेका थिए।

नेपालले दोस्रो गोलको अपेक्षा पनि गरेको थिएन, जब फैसलले फ्रिकिकमार्फत गोल ४८ मिनेटमा गोल गरे। तेस्रो गोल ६७ मिनेटमा याजनले हेडिङमार्फत गरेका थिए।

विश्व कपअन्तर्गत नेपाल पहिलो चरणको खेलमा पनि जोर्डनसँग ३–० ले नै पराजित भएको थियो।



No ads found for this position