उडानको पहिलो दिननै कतार एयरवेजमा तीन नेपालीको शव

दोहा। कोरोना भाइरसको दोस्रो प्रभावपछि बन्द भएको कतारतर्फको नियमित उडान सोमबारबाट सुरु भएपछि यहाँ अड्किएका शवहरू पठाउने क्रम सुरु भएको छ।
कतारमा एक महिना उडान बन्द हुँदा १२ नेपालीको शव अड्किएको थियो। यी सबै श्रमिक रहेको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ।
उडानको पहिलो दिन सोमबार कतार एयरवेजबाट तीन नेपालीको शव काठमाडौं पठाइएको छ। जसमा निरप्रसाद कामी, जङ्ग बहादुर सुवेदी र धन बहादुर नेपाली रहेका छन्।
यस्तै, नेपाल एयरलाइन्सबाट नेपाली समयअनुसार बिहान ९ बजे अर्को शव नेपाल पुग्ने दूतावासले प्रवास खबरलाई जानकारी दियो। नेपाल पठाउन लागिएको शव विष्णु बस्यालको हो।
कतारको विभिन्न सरकारी अस्पतालमा अझै ८ वटा शव रहेको को नेपाली दूतावास दोहाका द्वितीय सचिव भुवन भट्टले प्रवास खबरलाई जानकारी दिए।
ताजा अपडेट

‘कोप’–२८’ नेपालको हितमा : प्रधानमन्त्री
