एनआरएनएद्वारा दुई लाख राशीको अन्तर्राष्ट्रिय पुरस्कारको घोषणा

पेरिस । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रवासी नेपालीको उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्न अरनिको पुरस्कार स्थापना गरेको छ । नेपाली भाषामा प्रकाशित कुनै पनि विधाको उत्कृष्ट पुस्तकलाई वार्षिक दुई लाख र प्रमाणपत्र दिने गरी पुरस्कार स्थापना गरिएको हो ।
उक्त पुरस्कारका लागि एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिकमत थापाको संयोजकत्वमा नयनराज पाण्डे, नीलम कार्की निहारिका, ददि सापकोटा, महेश्वर पन्त रहेको समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्त र एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने छन् ।
आइतबार बसेको समितिको बैठकले पहिलो पुरस्कार वर्ष २०७७ मा लेखिएका गैरआवासीय नेपाली लेखकमध्ये नेपाली वाङ्मय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई दिने निर्णय गरेको छ ।
पुरस्कार प्रत्येक वर्षको गैरआवासीय नेपाली संघको साधारणसभा वा अक्टोबरमा आयोजना गरिने एनआरएन डेको अवसर पारेर दिइनेछ । समितिले पुरस्कारका लागि उक्त अवधिमा लेखिएका पुस्तक पठाउन लेखक, प्रकाशक, संघसंस्था र लेखकका शुभचिन्तकलाई आह्वान गर्ने निर्णय गरेको छ ।
पुस्तकहरू अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र नेपालमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सचिवालयमध्ये कुनै एक ठाउँमा तलको ठेगानामा सन् २०२१ को जुलाई मसान्तभित्र पठाउनुपर्नेछ ।
Dadi Saokota 17 Rue Françis Perrin 91190 Gif-Sur-Yvette , France
Maheshwar Pant 1646 Main St, Walpole MA 02081, USA
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
