मोरङ–सुनसरी सेवा समाज ओमनको अध्यक्षमा पार्वती श्रेष्ठ

मोरङ–सुनसरी सेवा समाज ओमनको अध्यक्षमा पार्वती श्रेष्ठ

मस्कट । मोरङ–सुनसरी सेवा समाज ओमनकोको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छिन्। समाजको शक्रबार सम्पन्न प्रथम साधारण सभाले पार्वती श्रेष्ठलाई अध्यक्षतामा निर्वाचित गरेको हो।

साधारण सभाले श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा शिव कार्की उपाध्यक्ष, दिपक तिम्सीना सचिव, ऋषिराम दाहल सह– सचिव, तुलसा न्यौपाने कोषाध्यक्ष, अस्मिता रोक्कालाई सह–कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

त्यस्तै सदस्यहरुमा पदम सिवा, रामचन्द्र मेहता, ज्योती म्याङ्मो लिम्बू, सीमा भूजेल, मीना बर्देवा, शारदा पौडेल, रजनी श्रेष्ठ, मनु चौधरी, अस्मिता रोक्का, दशरथ ढुङ्गाना, कृष्ण धिमाल, टेकेन्द्र राई रहेका छन् भने सल्लाहकारहरुमा लिलानाथ कोइराला, दिल रोक्का, जीवन कार्की, गीता थापा, भीम निरौला रहेका छ्न्।

लिलानाथ कोइरालाको सभापतित्वमा सम्पन्न सभा दिल रोक्काले संचालन गरेका थिए । कार्यक्रम भर्चुअल रुपमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास मस्कटकी राजदूत सर्मीला पराजुली ढकाल रहेकी थिइन् ।

त्यस्तै अतिथिहरुमा दुबई, कतार तथा नेपालबाट मोरङ्ग–सुनसरी सेवा समाज अध्यक्ष तथा ओमनस्थित एनआरएन सोसल क्लब, राजनीतिक संगठन, जातीय तथा जिल्ला संगठनको प्रतिनिधित्व रहेको थियो ।



No ads found for this position