नेपाली जनसम्पर्क समिति ओमनमा चापागाईँको नेतृत्वमा नयाँ कार्यसमिति

नेपाली जनसम्पर्क समिति ओमनमा चापागाईँको नेतृत्वमा नयाँ कार्यसमिति

मस्कट । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति ओमनको सभापतिमा शालिकाराम चापागाईँ चुनिएका छन्। शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले चापागाईँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा तीन जनाले उपसभापतिकाे जिम्मेवारी पाएका छन् । नवीन कुमार पँगेनी, गुनबहादुर साठीघर मगर र संजय कुमार शाह उपसभापतिमा चयन भएका हुन्।

त्यस्तै मोहम्मद सराजुदिन र डम्बरबहादुर पुनललाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । अधिवेशनबाट रामबहादुर लिम्बू र दिलिपबहादरुर बिक सहामहान्त्रीमा चुनिएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा यामबहादुर सारु मगर, सहकोषाध्यक्षमा दिलबहादुर बिक चयन भएका छन् । यस्तै दिलिप महतोलाई युवा संयोजक र सीता तामाङलाई महिला संयोजकको जिम्मेवारी दिइएको छ।

अधिवेशनले प्रदेशगत संयोजक पनि छुट्याएको छ । जसमा राम चौहान प्रदेश १, नन्दकिशोर महतो प्रदेश २,रामचन्द्र घले प्रदेश ३, तिलक पाठक प्रदेश ४, अरुण कुमार प्रदेश ५, विष्णु सुनार प्रदेश ६ र रश्मि भट्ट प्रदेश ७ रहेका छन्।

त्यसैगरी सदस्हरुमा मिनबहादुर पराजुल, गोपिनाथ अधिकारी,गणेश रेग्मी, चित्रबहादुर दिलामगर गंगा पौडेल, राजेन्द्र सुवेदी, मेया पदालुंग,राधिका रिजाल, गीता नेपाली, धर्मरा गिरी, शिवप्रसाद भण्डारी, र सज्जन आचार्य रहेका छन्।

अधिवेशनले महासमिति सदस्य पनि टुंगो लगाएको छ । जसमा सभापति शालिकराम चापागाईँ, उपसभापति नविनकुमार पँगेनी, र संजय कुमार शाह रहेका छन् । महाधिवेशन समितिमा भने मोहम्मद शेराजुद्धीन, कुमार स्वार, सुरज चित्रकार र नरेन बराल रहेका छन्।

अधिवेशनले विकाल झा संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यमा सुरज चित्रकार, बिनबहादुर बस्नेत, युवराज स्वार र बालकृष्ण परियार रहेका छन्।

भर्चुअल माध्यमबाट भएको अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश सरण महत थिए।