नवयुगको गोलमा नेपाललाई दोस्रो गोलको अग्रता

कुवेत सिटी।चाइनीज ताइपेईविरूद्धको खेलमा नेपालले ८० मिनेटमा दुई गोलको अग्रता लिएको छ।
नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका छन्। अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गरेका हुन।
यसअघि विश्व कप छनोटअन्तर्गत ताइपेईविरूद्ध अन्जन बिस्टको पेनाल्टी गोलको सहयोगले ३ मिनेटमै अग्रता लिएको छ।
खेलको सुरुवातमै पेनाल्टीको अवसर पाएको नेपालका लागि अन्जनले गोल गरेका थिए। विश्व कप छनोटअन्तर्गत ताइपेईविरूद्ध पहिलो चरणको खेलमा नेपाल २–० ले विजयी भएको थियो। दुवै गोल अन्जनले नै गरेका थिए।
ताजा अपडेट

प्रवास खबर
अदालतको फैसला स्वीकार्य छ : रवि लामिछाने

प्रवास खबर