त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘उच्च सतर्कता’ (तस्वीरमा हेर्नुस्)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘उच्च सतर्कता’ (तस्वीरमा हेर्नुस्)

काठमाडौैं । सरकारले २० बैशाखदेखि लगाएको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धलाई अहिले केही खुकुलो पारेको छ।

अब सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

सरकारको सिफारिसमा नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडानको लागि स्वीकृति दिएको हो ।

नयाँ  निणर्यअनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडानको लागि अनुमति दिइएको छ

 

सीमित संख्यामै नियमित उडान सूचारु हुने भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्डका नियमहरुलाई कडा बनाइएको छ।

विमानस्थल कार्यलयका अनुसार  विमानस्थलका विभिन्न ठाउँमा सामाजिक दूरी कायम गर्न ‘माकिङ’ गरिएको छ ।विमानस्थलको आगमन कक्षमा होल्डिङ सेन्टर बनाइएको छ । त्यस्तै यात्रुको लागि मोबाइल ट्वाइलेटको पनि व्यवस्था गरिएको छ ।