मलेसिया ‘भ्यान’ दुर्घटनाः घाइते ६ नेपाली होस्टेल फर्किए, २ नेपाली अझै अस्पतालमा

मलेसिया ‘भ्यान’ दुर्घटनाः घाइते ६ नेपाली होस्टेल फर्किए, २ नेपाली अझै अस्पतालमा

क्वालालम्पुर। मलेसियामा बुधबार बिहान दुर्घटनामा परेका ८ नेपाली कामदारमध्ये ६ जना स्वास्थ्य लाभ गरि होस्टेल फर्किसकेको नेपाली दूतावासले जानकारी दिएको छ।

प्रवास खबरसँग कुराकानी गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘घाइतेको अवस्था सुधारउन्मुख छ । केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी दुई जना अझै अस्पताल छन्। कम्पनीसँग हाम्रो कुराकानी भइरहेको छ।’

मंगलबार राती काम गरेर बिहान घर फर्किने क्रममा नेपाली सवार भ्यान बुधबार बिहान ७ बजेर ४५ मिनेटमा जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवे (इडीएल)मा दुर्घटनाग्रस्त भएको थियो।

नेपाली कामदार रातीको कामको सिफ्ट सकेर होस्टेल फर्किदै थिए। भ्यानमा एक मलेसियाली चालकसहित ९ नेपाली सवार रहेको दूतावासले यकिन गरेको छ।

मलेसियास्थित नेपाली दूतावासका पब्लिक रिलेशन अफिसर (पीआरओ) टेकबहादुर बुढाका अनुसार घाइते हुनेमा जीतबहादुर थापा, रामकुमार सापकोटा, चन्द्र श्रेष्ठ, खड्ग सुनार, विनोद बास्कोटा, दुर्गा रायमाझी, निम्बाङ् तामाङ र जय बहादुर बुढाथोकी रहेका छन्।

तनहुँका झपटबहादुर थापाको घटनास्थलमै निधन भएको थियो।

यो घटनामा मलेसियाली चालकको पनि निधन भएको थियो। ‘घाइते ८ मध्ये ६ जना होस्टेल फर्किसक्नु भएको छ। एक जनाको अपरेशन गर्नुपर्छ भनेर चिकित्सकले भनेका छन्। हामी थप विवरण लिने क्रममा छौं,’ पीआरओ टेकबहादुरले प्रवास खबरसँग भने।

घाइते नेपालीहरूको स्थानीय सुल्तानाह अमिनाह अस्पतालमा उपचार भइरहेको छ।

मलेसियामा ‘सेक्युरिटी भ्यान’ दुर्घटना हुँदा एक नेपाली श्रमिकको निधन, ८ गम्भीर घाइते

मलेसियाको सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली ‘सेक्युरिटी गार्ड’ को पहिचान खुल्यो