ओमनमा ‘भिजिट भिसा’ लाई ‘वर्क पर्मिट’ मा बदल्न पाइने

ओमनमा ‘भिजिट भिसा’ लाई ‘वर्क पर्मिट’ मा बदल्न पाइने सांकेतीक तस्वीर

मस्कट। ओमनमा ‘भिजिट भिसा’ मा प्रवेश गर्ने विदेशीले आफ्नो भिसालाई ‘वर्क पर्मिट’ मा रुपान्तरण गर्न पाउने भएका छन्।

ओमन सरकारले हालै विदेशीको लागि ‘वर्क भिसा’ सम्बन्धी नियममा केही परिवर्तन गरेको जानकारी दिएपछि रोयल ओमन प्रहरी (आरओपी) ले यसको घोषणा गरेको हो।

परिवर्तित नियमअनुसार तोकिएका केही शर्तहरु भने पूरा गर्नुपर्ने छ। यी शर्त संयुक्त पारिवारिक भिसा र विद्यार्थी भिसाका साथै अन्य सन्दर्भमा पनि लागू हुनेछ।

विदेशीको लागि लागू हुने गरेको आवासीय कानून (फरेनर्स रेसिडेन्स ल) मा व्यवस्था गरिए बमोजिम निम्न उल्लेखित भिसा ‘वर्क भिसा’ वा अस्थायी ‘वर्क भिसा’ मा रुपान्तरण हुन सक्नेछन्।

जीसीसी देशका नागरिकलाई जारी गरिएको भिसा

आफन्त र साथीहरूलाई भेट्नको लागि दिइएको भिसा

एकल प्रवेश पर्यटक (सिगंल इन्ट्री टुरिस्ट) भिसा १० दिन वा १ महिनाको वैध–अवैध भएको)

सिङ्गल तथा मल्टिपल इन्ट्री बिजनेस भिसा

एक्सप्रेस भिसा (लगानीकर्ता ९इन्भेस्टर० भिसा

विद्यार्थी भिसा

जहाज तथा क्रुज जहाजमा यात्रा गर्ने यात्रीहरूको भिसा

आवासीय एकाईका मालिक तथा उनीहरुका परिवारका सदस्यका लागि दिइएको भिसा रोयल ओमन प्रहरीले ‘फरेनर्स रेसिडेन्सी ल’ को विनिमयको केही भाग संशोधन गर्न प्रस्ताव जारी गरेसँगै यो निर्णय लागू हुने भएको हो।