अछामको बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाद्वारा थप अक्सिजन सहयोग

अछामको बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाद्वारा थप अक्सिजन सहयोग

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनएं) अफ्रिकाले सञ्चालन गरेको ‘तत्काल मातभूमिलाई अक्सिजन सहयोग अभियान’ अन्तरगत अछामको बयलपाटा अस्पताललाई थप १० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

बुधवार दाताहरुको प्रतिनिधित्व गर्दै स्थानिय समाजसेवी भरतकुमार स्वारले ती अक्सिजन सिलिन्डर अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि संघले साेही अस्पताललाई १० थान सिलिण्डर उपलब्ध गराएको थियो । यस्तै संघले जिल्ला अस्पताल मङ्गलसेनलाई पनि २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । हालसम्म अछाममा मात्रै ४० थान अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।

योसँगै संघले यो अभियानबाट हालसम्म देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान अक्सिजन सिलिन्डर (खरिद सहित) र १ हजार २५ थान रिफिल अक्सिजन सिलिन्डर सहयोग गरेको जनाएको छ ।