यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामाग्री नेपाल पठायो

यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामाग्री नेपाल पठायो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ ।

यूएईले १ सय ५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री विशेष विमानमार्फत बुधवार काठमाडौं पठाएको हो।

यूएईले गतवर्ष अप्रिलमा पनि नेपाललाई सात मेट्रिक टन स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको थियो ।