कुवेतमा माछामा ड्रग्स लुकाएर व्यापार भइरहेको खुलासा

कुवेतमा माछामा ड्रग्स लुकाएर व्यापार भइरहेको खुलासा

कुवेत सिटी। अवैध मदिरा उत्पादन तथा बिक्रि बितरणको मुद्धामा तीन नेपाली पक्राउ परेको भोलिपल्ट कुवेतको अध्यागमन विभागले विदेशबाट आयात गरिएको माछामा प्रतिबन्धित ड्रग्सको तस्करी गरिरहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

गृह मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार अरब मुलुकका एक नागरिक पक्राउ परेका छन्। १६ किलो प्रतिबन्धित लागुऔषध मेथामफेटमाइन, जसको दुई नम्बरी नाम ‘साबु’ हो, विमानबाट ल्याउने क्रममा अध्यागमन विभागले जफत गरेको थियो।

ड्रग्स माछाको पेटमा लुकाएर ल्याएको अवस्थामा फेला परेको हो। यो घटनापछि लागुऔषध नियन्त्रण विभागले देशको विभिन्न माछा बजारमा छानवीन तिब्र बनाएको छ। घटनामा अवैध रुपमा स्वीकृतिको कागज बनाएर धन्दा गर्दै आएका एक व्यक्तिलाई समुन्द्री क्षेत्रको एउटा माछा बजारबाट पक्राउ गरिएको छ।

नले अपराध स्वीकार गरिसकेको छानवीनमा संलग्न अधिकारीले बताएका छन्।

कुवेतमा अवैध मदिरा कारखाना सञ्चालन गरेको आरोपमा एक महिलासहित तीन नेपाली पक्राउ