टर्किस एयरलाइन्सको काठमाडों–इस्तानबुल उडान तालिका सार्वजानिक

काठमाडौं । टर्किस एयरलाइन्सको काठमाडों–इस्तानबुल–काठमाडौं नियमित उडान तालिका सार्वजानिक भएको छ।
मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुलको लागि हप्तामा एउटा उडान स्वीकृत गरेको हो।
जसअनुुसार जुन महिनाभर टर्किसले प्रत्येक बिहीवार काठमाडों–इस्तानबुल–काठमाडौ उडान भर्नेछ ।
इस्तानबुलबाट नेपाल आउने यात्रु बोकेर आएको जहाज बिहीबार बिहान सबा ११ बजे काठमाडौंमा अवतरण हुनेछ । उक्त जहाज उता जाने यात्रु लिएर सोही दिन राति ११ : ५ बजे इस्तानबुल फर्किनेछ ।
यो उडानले टर्कीलगायत युरोप तथा अमेरिका यात्रा गर्ने र उताबाट नेपाललाई आउने यात्रुलाई सहज हुनेछ ।
यसअघि कोरोना महामारी बढेपछि सरकारले बैशाख २० गतेबाट अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो।
ताजा अपडेट

प्रवास खबर
१५ देशमा फैलियो मंकीपक्स संक्रमण

प्रवास खबर