विवेकशील पार्टीका संस्थापक अध्यक्ष थापाको निधन

काठमाडौं। विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ ।
उनको मंगलबार अपराह्न ४ :२५ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनलाई १८ दिन अघि कोभिड-१९ संक्रमण देखिएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि ग्रान्डी अस्पतालबाट रगतबाट अक्सिजन दिएर उपचार गर्नका लागि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । सुरुमा ह्ययाम्स अस्पताल उपचार गरिएको थियो । त्यहाँ पनि ठीक नभएपछि ग्रान्डी लगिएको थियो । मेडिसिटीमा इक्मो थेरापी माध्यमबाट उनकाे उपचार गरिएकाे थियाे ।
पछिल्लो पटकको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि अवस्थामा सुधार आएको थिएन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर