साउदीमा कोभिडको खोप लगाएका यात्रु क्वारेन्टाइनमा बस्नु नपर्ने

रियाद । साउदी अरबमा प्रवेश गर्ने कोभिड विरुद्धको खोप प्राप्त यात्रीलाई अबदेखि क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले ३१ मेमा सो कुराको घोषणा गर्दै पूर्णरुपमा खोप प्राप्त यात्रीको लागि क्वारेन्टाइनको मापदण्ड हटाएको हो।
यसरी साउदी प्रवेश गर्ने यात्रीले आफ्नो देशले प्रमाणित गरेको खोप प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। फाइजर– बाँयोटेक, मोडर्ना, अक्सफोर्ड–एस्ट्राजेनेका र जोन्सन् एन्ड जोन्सन् खोपहरु स्वीकृत गरिएका खोपहरु अन्तर्गत पर्दछन्।
त्यस्तै, प्राधिकरणले खोप प्राप्त नगरेका यात्रीहरु साउदी अरब प्रवेश गरेपछि सात दिनसम्म अनिवार्य रुपमा ‘आइशोलेसन’ मा बस्नु पर्ने बताएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर