नेपालमा अक्सिजन प्लान्ट निर्माणार्थ एनआरएनए आयरल्याण्डको ७ लाख सहयोग

काठमाडौं । नेपालमा अक्सिजन प्लान्ट निर्माणार्थ सहयोग अभियान अन्तर्गत युरोपियन मुलुक आयरल्याण्डमा बस्ने नेपालीले ५० हजार यूरो (झण्डैै ७ लाख नेपाली रुपैयाँ) सहयोग पठाएका छन्।
नेपालमा रहेका आफ्ना आफन्त जोगाउन एनआरएनए आयरलायण्डले चलाएको अभियानमा त्यहाँ बस्ने नेपालीले सहयोग गरेका हुन्।
एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुुसार ५० हजार यूू्रो काठमाडौंस्थित संघको सचिवालयमा पठाइएको हो । अझै पनि सहयोग रकम उठ्दै गरेको उनको भनाइ छ । बाँकी रकम पनि छिट्टै पठाइने उनले बताए।
संघको केन्द्रीय समितिले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी थालेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर