कोरोना महामारीमा साउदी अरबद्धारा नेपाललाई सहयोग गर्ने बचनबद्धता

कोरोना महामारीमा साउदी अरबद्धारा नेपाललाई सहयोग गर्ने बचनबद्धता

रियाद। साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भएको मानवीय क्षतिलाई कम गर्न सहयोग माग गरेका छन्।

उनले साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहलाई भेटेर सहयोग आवहान गरेका हुन्।

साउदीले कोरोना महामारीको बेला अन्य देशलाई पनि खुलेर सहयोग गरिरहेको छ। सोमबार भएको भेटर्वार्तामा राजदूत सिंहले मानवीय कार्यमा साउदीले देखाएको तत्परताको खुलेर प्रसंसा गरे। उनले नेपाल र साउदीबीचको सम्बन्ध विगत केही दशकयता सुमधुर रहेको बताउँदै विपतको बेला हुने सहयोगले सम्बन्धलाई अझै प्रगाढ बनाउने विचार व्यक्त गरे।

भेटघाटमा दुवै पक्षले राहत तथा आपसी हितको विषयमा छलफल गरेकाे राजदूत सिंहले  प्रवास खबरलाई जानकारी दिए।

भेटमा नेपालमा कोरोना महामारीको बढ्दो संक्रमण र उपचारको अवस्थाबारे राजदूत सिंहले जानकारी गराएका थिए। ‘हामीले देशलाई हाल आवश्यक स्वास्थ्य सामाग्री र मेडिकल उपकरण सहयोग बारे कुरा ग¥यौं। उहाँले यसलाई सकारात्मक लिनुभयो र सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ सिंहले भने ।