यूएईले विशेष विमानमार्फत भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण नेपाल पठाउँदै

यूएईले विशेष विमानमार्फत भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण नेपाल पठाउँदै

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।

जसमा भेन्टिलेटरलगायतका अत्यावश्यक स्वास्थ्य उपकरणहरु रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएकोे छ ।

दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री छिट्टै नै विशेष विमानमार्फत काठमाडौं पठाउँदैछ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच आइतबार भर्चुअल बैठक भएको थियो।

बैठकमा कोभिड–१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई कठिन समयमा उपलब्ध गराउँदै आएको सहयोगको स्मरण गर्दै यूएर्इ सरकारलाई धन्यवाद दिएका थिए ।

यूएईले गतवर्ष अप्रिलमा पनि नेपाललाई सात मेट्रिक टन स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको थियो । उपचारमा खटिएका ७ हजार चिकित्सकहरुलाई पुग्ने स्वास्थ्य सामग्रीसहित विशेष जहाज काठमाडौं पठाएको थियो