इक्यानद्धारा कोभिड सहायता कोषको सुभारम्भ

इक्यानद्धारा कोभिड सहायता कोषको सुभारम्भ

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले कोरोना महामारीको जोखिमको बेला नेपाली नागरिकलाई सहायता गर्ने उद्देश्यले ‘इक्यान कोभिड सहायता कोष’ अभियानको सुरुवात गरेको छ।

संघका उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा संघको केन्द्रिय कोषबाट २ लाख ५१ हजार उपलव्ध गराइ कोषको शुभारम्भ गरिएको हो। यस्तै, महासचिव दिपकराज भुसालको संयोजकत्वमा इक्यान कोभिड सहायता कक्ष पनि गठन भएको छ। संघले अनामनगरस्थित ग्लोबल आइएमई बैकमा रहेको खाता नम्बरः ३९०१०१००००५३३ मा सहयोग राशी जम्मा गर्न सक्ने बताएको छ।

संघका अध्यक्ष प्रकाश पाण्डेले कोरोना महामारीको अवस्थामा सानो सहयोग पनि समाजका लागि ठूलो कार्य हुनसक्ने कारण सहयोगको हात बढाएको बताए।

‘हामी शैक्षिक परामर्शदाता कम्पनीमध्ये ठूलो छाता संगठन हौ। त्यसैले हाम्रो सामाजिक उत्तरदायीत्वप्रति गम्भीर छौं,’इक्यानका केन्द्रिय अध्यक्ष पाण्डेले बताए।

यस्तै, इक्यान कोभिड सहायता कोष अभियानले इक्यान, यसमा आवद्ध सदस्य तथा अन्य क्षेत्रका दाता संस्था एवम् व्यक्तिबाट आर्थिक सहायता रकम संकलन गरि इक्यान कोभिड सहायता कक्ष मार्फत परिचालन गरिने कोषका संयोजक शेषराज भट्टराई बताए।

इक्यान कोभिड सहायत कक्षका संयोजक दिपकराज भुषालले कोभिड सहायता कक्षमार्फत संक्रमणको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ्ग, चिकित्सकीय परामर्श, एम्वुलेन्स सेवा, अस्पताल भर्ना, अक्सीमिटर, रेमडिसिभिर लगायतका मेडिकल सप्लाइज, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेसन, रगत, प्लाज्मा तथा कोभिडविरुद्ध खोप व्यवस्थापन र कोरोना पोजेटिभ विरामीलार्ई आपतकालीन सवै सहयोगका क्षेत्रमा परिचालन गरिने जानकारी दिए।

 



No ads found for this position