देशभित्र रोजगारीको अवसर बढेकाले विदेश जाने घटेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीका बीचमा पनि ‘नेपाल अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नमतिका लागि सिफारिस भएको बताएका छन्।
देशका नाममा बिहीबार सम्बोधन गर्दै उनले कोरोना महामारी सुरु हुनु अगाडी देशको आर्थिक वृद्धी आशा लाग्दो भएको तर, महामारीले गम्भीर धक्का पुर्याएको दावी गरे।
‘तर, महामारीकाबीच पनि हामीले यसलाई सम्हालेका छौं र समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर छौँ,’ उनले भने।
पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको उनको भनाइ थियो। ‘व्यापार घाटा घट्दो छ। देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ,’ प्रधानमन्त्रीको दावी थियो।
ताजा अपडेट

प्रवास खबर
कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु

प्रवास खबर