एनआरएनए अफ्रिकाको संयोजनमा अछाममा अक्सिजन सिलिण्डर वितरण

एनआरएनए अफ्रिकाको संयोजनमा अछाममा अक्सिजन सिलिण्डर वितरण

काठमाडौं । अछामको सदरमुकाम मंगलसैनस्थित जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको संयोजनमा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

अफ्रिकाको ‘मातृभूमिलाई तत्काल अक्सिजन सहयोग’ अभियानको संयोजनमा बिहिवार १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । एनआरएनए नाइजेरिया र अफ्रिका, अमेरिका, मलेसिया र कतारमा बस्ने गैर आवासीय नेपाली र जुपु मिलन केन्द्र काठमाडौं मिलेर अक्सिजन सिलिण्डरका लागि सहयोग जुटाएका हुन् ।

बिहीबार वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेस अछामका पूर्व सभापति पुष्पबहादुर शाहले एक कार्यक्रमकाबीच जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।


अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै नेपाली कांग्रेस अछामका पूर्व सभापति शाहले अहिलेको जटिल परिस्थितिमा अछामलाई सम्झेर जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउन मद्धत गर्ने गैर आवासीय नेपाली प्रती आभार व्यक्त गरेका छन् । अक्सिजन सिलिण्डर बुझ्दै डाक्टर बास्कोटाले पनि अक्सिजन सिलिन्डर आपूर्तिका लाई सहयोग गर्ने सबै सहयोगी मनहरूलाई धन्यवाद दिएका छन् ।

अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्यूमानिटी फाउण्डेसन नेपाल, गैर आवासीय नेपाली संघ नाइजेरिया, अफ्रिकाबाट रोशन थापा, अमेरिकाबाट बासुदेव अधिकारी, बिष्णु शाह, हेमबहादुर ठकुल्ला, मलेसियाबाट टेकबहादुर बुढा, दिनेश खड्का खप्तडी, कतारबाट चन्द्र थापा, काठमाडौं स्थित जुपु मिलन केन्द्र, केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो ।

एनआरएनए अफ्रिकाको नेपाललाई तत्काल अक्सिजन सहयोग अभियान र गैर आवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष हिक्मत थापाको संयोजनमा, धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सेनाको समन्वयका साथै ब्यवस्थापनमा अछाम जिल्लामा ३० थान अक्सिजन सिलिन्डर पुर्याइएको थियो ।

जसमध्ये ह्यूमानिटी फाउन्डेसन धनगढीको सहयोगमा १० थान अछाम जिल्ला अस्पताल र १० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु बयालपाटा अस्पताललाई हस्तान्तरण गरिएको थियो । यो गरि मङ्गलसेन अस्पतालमा २० थान र बयालपाटा अस्पतालमा १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । साथै बयालपाटा अस्पतालका लागि थप १० थान अक्सिजन वितरण गरिने भएको छ ।



No ads found for this position