अब दोहा, इस्तानाबुल र चीनमा साताको एक पल्ट हवाइ उडान

अब दोहा, इस्तानाबुल र चीनमा साताको एक पल्ट हवाइ उडान FILE PHOTO

काठमाडौँ। नेपाल सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ।

कोरोना महामारीका कारण सरकारले यी देशमा नियमित भइरहेको उडान केही समयका लागि स्थगित गरेको थियो।

तर, बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो।

नेपालमा कोरोना बढेपछि सरकारले बैशाख २० देखि आन्तरिक र २३ देखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।



No ads found for this position