कतारले गाजा क्षेत्रको लागि ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने

कतारले गाजा क्षेत्रको लागि ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल-थानी

दोहा।कतारले घेराबन्दीमा रहेको गाजा क्षेत्रको पुनर्निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल-थानीले २६ मे बुधबार सो घोषणा गरेका हुन्। विदेशमन्त्री थानीले ट्वीट गर्दै भनेका छन्, ‘प्यालेस्टाइनमा रहेका हाम्रा दाजु(भाईलाई उनको स्वतन्त्र राज्य स्थापना गरी न्यायपूर्ण र स्थायी समाधानको लागि सहयोग जारी राख्नेछौँ।’

इजरायल र हमासबीचको युद्धमा प्रायः कतारले नै मध्यस्तता गर्दै आएको छ। हालको युद्धले उब्जाएको चुनौतीको सामना गर्न र प्यालास्टाइनतर्फ ध्वस्त भएका घरसहित गाजामा रहेका सेवा सुविधासम्बन्धी संरचनाको पुनर्निर्माणमा योगदान पुर्याउन सहयोग गर्ने लक्ष्य कतारले राखेको हो।

गत साता इजिप्टले पनि प्यालेस्टाइन क्षेत्रमा पुनर्निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको थियो।