इलाम जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको १०० थान रिफिल अक्सिजन

इलाम जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको १०० थान रिफिल अक्सिजन

काठमाडौं। गैरआवासी नेपाली संघ (एनआरएनए) अफ्रिकाले सञ्चालन गरेको ‘तत्काल मातभूमिलाई अक्सिजन सहयोग अभियान’ इलाम जिल्ला अस्पताललाई एक सय थान रिफिल सिलिन्डर उपलब्ध गराएको छ । बिहीवार अस्पताललाई अक्सिजन हस्तान्तरण गरिएको हो ।

अक्सिज खरिदको आर्थिक सहयोग अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले गरेका हुन। थापाको नेतृत्वमा एनआरएनए अफ्रिकाले नेपालमा अक्सिजनकाे सहज आपूर्ती गर्न सहयोग अभियान चलाएको छ ।

अभियानले हालसम्म देशका विभिन्न दश जिल्लाका अस्पतालमा १०५ थान अक्सिजन सिलिन्डरसहित सहयोग गरिएको भने १ हजार थान रिफिल सिलिन्डर पनि उपलब्ध गराएको छ ।

थापाले स्वंयमले यस अभियानमा ३ लाख सहयोग गरिसकेका छन् । अफ्रिकाका एनसीसी र अन्य दाताहरुबाट समेत गरेर अभियानले ३० लाख सहयोग संकलन गरिसकेको छ । जसबाट नेपालका विभिन्न सरकारी अस्पतालमा अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।