कोरियामा जुलाइभित्र खोप लगाउने व्यक्तिलाई मास्क लगाउनु नपर्ने नियम लागू हुँदै

कोरियामा जुलाइभित्र खोप लगाउने व्यक्तिलाई मास्क लगाउनु नपर्ने नियम लागू हुँदै प्रधानमन्त्री किम बु–क्योम

साैल। दक्षिण कोरियाले आउँदो जुलाइदेखि कोभिड–१९ विरूद्ध खोप लगाउने व्यक्तिले मास्क लगाउनु नपर्ने नियम लागू गर्दैछ।

यसको जानकारी बुधबार दिइएको हो। कोरियाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको एक डोज लगाउने व्यक्तिले पनि आउँदो जुलाइदेखि मास्क लगाउनु पर्ने छैन। खोप नलगाइ बसेका वृद्धवृद्धालाई खोप लगाउने उद्देश्यले पनि सरकारले यस्तो घोषणा गरेको हो।

कोरियाले आउँदो सेप्टेम्बरसम्म ५ करोड २० लाख अर्थात ७० प्रतिशत जनताको शरीरमा कोरोनाविरूद्ध लड्नसक्ने क्षमता विकास गर्न खोपको कार्यक्रम सम्पन्न गरिसक्ने लक्ष्य बनाएको छ।

जसले एक पल्ट भएपनि कोरोनाको खोप लगाएको छ, उनीहरूलाई आउँदो जुनदेखि समूहमा हिँडडुल गर्न स्वीकृति प्रदान गरिनेछ,’ कोरोना भाइरस रोकथामको बैठकमा बुधबार प्रधानमन्त्री किम बु–क्योमले बताए।



No ads found for this position