लुम्बिनीमा ‘रुसी बौद्ध स्तुपा’ निर्माण हुने

काठमाडौं। विश्व शान्तिका दूत मानिने भगवान गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा रुसी स्तुपा निर्माण हुने भएको छ। २५६५ औं बुद्ध जयन्ती तथा रुस र नेपालको दौत्य सम्बन्ध स्थापित भएको अवसर पारेर रुस सरकारले लुम्बिनीमा बुद्ध स्तुपा निर्माण गर्न लागेको हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीबा लामिछानेले आफ्नो सोसल साइटमा यसको जानकारी दिँदै लेखेका छन्, ‘लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण हुने भएको छ।’
हाल लुम्बिनीमा २७ देशले आफ्नो देशको प्रतिनिधित्व हुने गरि बौद्ध स्तुपा निर्माण गरिसकेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर