नेपाल शैक्षिक परामर्श संघद्वारा आपतकालीन हेल्प डेस्कको स्थापना

नेपाल शैक्षिक परामर्श संघद्वारा आपतकालीन हेल्प डेस्कको स्थापना

काठमाडौं । पछिल्लो समय नेपालमा बढ्दै गएको नयाँ ‘भेरियण्ट’ सहितको कोभिड महामारीलाई मध्यनजर गर्दै नेपाल शैक्षिक परामर्श केन्द्र (इक्यान) ले आपत्तकालीन हेल्फ डेस्कको स्थापना गरेको छ।

कोभिडले आफ्ना सदस्य, उनका परिवार र नेपाली नागरिकको स्वास्थ्यमा पारेको गम्भीर असरलाई मध्यनजर गर्दै इमर्जेन्सी हेल्प डेस्कको स्थापना गरिएको संघका महासचिव दीपकराज भुसालले जानकारी दिए।

उनका अनुसार हेल्प डेस्क स्थपनाको उद्देश्य महामारीको समयमा आफ्ना सदस्य, उनका परिवार तथा अन्य नेपाली नागरिकलाई सूचना, सहयोग तथा समन्वय प्रदान गर्ने हो।

त्यसैगरी, हेल्प डेक्सले कोभिड परीक्षणको लागि सहयोग गर्ने, संक्रमितको पहिचान र ट्रेसिङ गर्ने, चिकित्सकीय परामर्शको व्यवस्था मिलाउनेछ । त्यसैगरी अस्पतालमा भर्ना तथा एम्बुलेन्सको लागि सहयोग गर्ने, आवश्यक पर्ने ठाउँमा अक्सिजन, रगत,प्लाज्मा तथा औषधि सप्लाइको लागि सहयोग गर्ने तथा लकडाउन समाप्तिपछि कोभिड विरुद्धको खोपको लागि सहयोग समेत गर्ने महासचिव भुसालको भनाइ छ।

No description available.

यसका साथै केन्द्रले आफ्नो प्रत्येक शाखाहरुमा ती क्षेत्रमा आधारित सहयोग तथा समन्वयात्मक कार्य गर्नको लागि एउटा एउटा हेल्प डेक्स स्थापना गर्ने बताएको छ।

सहयोग तथा समन्वय चाहिने व्यक्तिहले कार्यक्रम संयोजक तथा इक्यानका महासचिव दिपक राज भुसाल ९८५१०३१९०६० ,कार्यकारी सदस्य पुष्पराज भट्टराइ ९८५१०६११०००, कार्यकारी सदस्य सुष्मा आचार्य ९८५११०७२४२० लगायतका पदाधिकारीसँग सम्पर्क गर्न सक्नेछन । त्यसरी सम्पर्क गर्न सकिने केन्द्रका पदाधिकारी तथा अन्य व्यक्तिको नाम र सम्पर्क नम्बर समेत इक्यानले सार्वजनिक गरेको छ।