एनआरएनए अफ्रिकाद्धारा नवलपरासीको चिसापानी अस्पताललाई ७० थान अक्सिजन

एनआरएनए अफ्रिकाद्धारा नवलपरासीको चिसापानी अस्पताललाई  ७० थान अक्सिजन

नवलपरासी । गैरआवासी नेपाली संघ (एनआरएनए) अफ्रिकाले सञ्चालन गरेको ‘तत्काल मातभूमिलाई अक्सिजन सहयोग अभियान’ अन्तरगत बिहीवार नवलपरासीको चिसापानी अस्पताललाई ७० थान रिफिल अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।

एनआरएनए राष्ट्रिय समन्वय समिती कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी २ एरिया ४, लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको व्यवस्थापनमा चिसापानी अस्पतालको आइशोलेसन सेन्टरलाई ती अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएका हो।सिलिन्डर लायन्स क्लव अफ दाउन्नेका अध्यक्ष लायन रामचन्द्र अधिकारी र समाजसेवी तीलबहादुर क्षेत्रीले संयुक्त रुपमा चिसापानी अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।

एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिको प्रतिनिधत्व गर्दै लुम्बिनी क्षेत्रको संयोजन डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरिरहेका छन।

अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार हालसम्म देशका विभिन्न दश जिल्लाका अस्पतालमा १०५ थान अक्सिजन सिलिन्डरसहित सहयोग गरिएको भने ९०० थान रिफिल सिलिन्डर पनि एनआरएनए अप्रिकाले उपलब्ध गराएको छ ।