एनआरएनए अफ्रिकाद्धारा पाल्पामा ३५२ थान अक्सिजन सहयाेग

एनआरएनए अफ्रिकाद्धारा पाल्पामा ३५२ थान अक्सिजन सहयाेग

तानसेन । गैरआवासीय नेपाली (संघ) एनआरएनए अफ्रिकाले पाल्पा जिल्लाका विभिन्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधवार कोरोनाका विरामीको ज्यान बचाउन अत्यावश्यक अक्सिज सिलिण्डर हस्तान्तरण गरिएको एनआरएनए डीआरसी कंगोका अध्यक्ष अमित केसी जानकारी गराए ।

एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एनआरएनए कङ्गोको संयोजन र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ को व्यवस्थापनमा पाल्पा अस्पताल, मिसन अस्पताल, एलएमसी, रामपुर नगरपालिका, निस्दी, पूर्व खोला, रम्भा, बगनासकाली, तीनाउ, माथागढी, रिब्दीकोट र रैनादेवी स्वास्थ्य चौकी तथा आइसोलेसेन सेन्टरमा गरि ३ सय ५२ थान रिफिल अक्सिजन सिलिण्डर सहयोग गरिएको हो।

संघ र लायन्स क्लबको तर्फबाट सिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गरेका थिए भने आर्थिक संयोजन एनआरएनए कङ्गोका अध्यक्ष क्षेत्रीले गरेका थिए।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानीय तहसम्म थोरै भएपनि तत्काल आबश्यक अक्सिजन सहयोग गर्न सकिएकोमा खुशी व्यक्त गरे । उनका अनुसार संघले बुधबार नै अछामका अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग पुर्याउँदै छ । त्यस्तै जुम्ला अस्पतालका लागि भोलि सहयोग पठाउने छ ।