कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने

कुवेत । कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ। कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम्) ले दिउँसोको चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको हो।
पीएएमले श्रमिकलाई काममा बाधा पुर्याउनको लागि नभइ उनीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय लिएको बताएको छ।
यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ। निर्णय अनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन पाइनेछैन।
साँझ (तापक्रम कम भएको बेला) मा काम गरेर उक्त समयको क्षतिपूर्ति गर्न सकिनेछ। यो निर्णयलाई कार्यान्वयन गर्नको लागि एक कार्यसंयन्त्र बोर्ड (वोर्क मेकानिज्म) पनि बनाइने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर