ओमनमा निस्किएको सडक प्रदर्शनको विषयमा सरकारको स्पष्टिकरण

ओमनमा निस्किएको सडक प्रदर्शनको विषयमा सरकारको स्पष्टिकरण

मस्कट। रोजगारीको माग गर्दै गत सोमबार ओमनको सडकमा निस्किएको युवाहरूको प्रदर्शनको विषयमा पहिलो पल्ट सरकारको धारणा बाहिरिएको छ।

ओमनको समाजिक विकाश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तीमा आफ्ना जनताले समाजिक सुरक्षा भत्ताको माग राखेको स्पष्ट पार्न खोजिएको छ।

गत आइतबार मस्कटदेखि २ सय किलोमिटर उत्तरपश्चिम पर्ने सोहार शहरमा युवाहरू रोजगारीको माग राख्दै सडकमा उत्रिएको भिडियो भाइरल भएको थियो। यही भिडियोको आधारमा अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका थिए भने ओमन सरकारबाट कुनै प्रतिक्रिया आएको थिएन।

घटनाको तीन दिनपछि ओमनी सरकारले प्रस्टीकरण दिने क्रममा भनेको छ, ‘मन्त्रालयले भाइरल भएको भिडियोको अनुसन्धान गर्दा त्यहाँ उपस्थित नागरिकले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन्। मन्त्रालय यो कुरा पनि स्पष्ट गर्न चाहन्छ कि भिडियोमा देखिएका नागरिकले उपयोगिताको सर्तहरूको आधारमा यसअघि नै नागरिक सुरक्षा भत्ता प्राप्त गरिसकेका छन्।’

बेरोजगारी बढेको भन्दै ओमनी जनता सडकमा ओर्लिए (भिडियोसहित)