साउदी प्रवेशमा नयाँ मापदण्ड, पालना नगरे पुनः आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने

साउदी प्रवेशमा नयाँ मापदण्ड, पालना नगरे पुनः आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने

रियाद। कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भन्दै साउदी सरकारले यहाँ आउने विदेशी यात्रुका लागि नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ।

२४ मे सोमबारदेखि लागू हुने गरी साउदीको नागरिक उडड्यन प्राधिकरण (जीएसीए)ले यहाँ प्रवेश गर्ने विदेशी यात्रुका लागि नयाँ नियम जारी गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

नयाँ नियम अनुसार अब साउदी अरबमा प्रवेश गर्दा, ८ वर्ष उमेरभन्दा माथिका, सबैकाे साथमा आफ्नो पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट हनुपर्नेछ ।  कोभिडविरुद्धको खोपको सबै डोज पूरा गरिसकेकोले आधिकारिक प्रमाणपत्र साथमा राखेको हुनुपर्नेछ । त्यस्तो पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ७२ घण्टाभित्रैको हुनुपर्नेछ।

त्यस्तै साउदीको अकामा (आवसीय परिचयपत्र) भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य विमा गर्नुे पर्नैछैन । तर, भिजिट भिसामा साउदी आउने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्नै किसिमको स्वास्थ्य विमा अनिवार्य रुपमा गरेको हुनुपर्नैछ । कोरोना संक्रमण कभर गर्ने स्वास्थ्य बिमा भन्नाले क्लिनिक वा इमर्जेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेनटाइन खर्चसमेत व्यहोर्ने खालको विमा गरेको हुनुपर्नेछ ।

त्यसैगरी साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनसम्म अनिवार्य संस्थागत क्वारेन्टाइन बस्नुपर्नैछ । तर, कोभिडविरुद्धको खोपको दुवै डोज लगाइसकेका भने संस्थागत क्वारेन्टाइनमा बस्नु पर्देन । संस्थागथ क्वारेनटाइनको व्यवस्था यात्रु प्रवेश/आगन गरेको शहरमै हुनेछ ।

नयाँ मापदण्ड अनुसार साउदी आएको २४ घण्टाभित्र र ७ औँ दिनमा गरी २ पटक पीसीआर परीक्षण गर्नुपर्नेछ । पीसीआर परीक्षणमा नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टाइनबाट बाहिर जान सकिनेछ , ८ वर्षभन्दा कम उमे।का बच्चाको हकमा भने पीसीआर परीक्षण गर्न पर्दैन ।संस्थागत क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण देखिएमा भने क्वारेन्टाइन अवधि १० दिनदेखि १४ दिनसम्मको हुनेछ।

यस्तै साउदीको अकामा भएको व्यक्तिमा आउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण देखिएर उपचार गर्नुपर्नै भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार भने साउदी सरकारले नै गरिदिने छ । तर, भिजिट भिसामा साउदी आएका विदेशी नागरिकलाई यस्तै भएमा भने त्यस्ता व्यक्तिको उपचार निजको स्वास्थ्य विमाले कभर गर्नेछ।

सरकारले जारी गरेका मापदण्ड पालना नगर्नेलाई पुनः साउदी आउन नपाउने गरी फिर्ता पठाइने बताइएको छ ।