नजरबन्द सुकीलाई पहिलोपल्ट अदालतमा उपस्थित गराइँदै

नजरबन्द सुकीलाई पहिलोपल्ट अदालतमा उपस्थित गराइँदै

काठमाडौं। नजरबन्दमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सोमबार पहिलो पटक अदालतमा उपस्थित गराइने भएको छ।

सैन्य नजरबन्दमा रहेकी अपदस्थ स्टेट काउन्सिलर सुकीलाई सोमबार पहिलोपटक विशेष अदालतमा उपस्थित गराउने सैन्य परिषदले भनाइ छ। सुकीलाई देशको उच्च निकाय सर्वोच्च अदालतको आदेशअनुसार विशेष अदालतमा बयानका लागि पेश गरिने भएको हो।

यसअघि पटकपटक भिडियोमार्फत अदालतमा उपस्थित गराएपनि नेत्री सुकीलाई यसपल्ट भने थप काम–कारबाहीका लागि प्रत्यक्ष अदालतमै उपस्थित गराउने बताइएको छ। गत फेब्रुअरी १ देखि सैनिक सासन लागु भएयता राजबन्दीको रुपमा रहेकी नेत्री सुकी जन–सम्पर्कमा छैनन्। उनलाई सेनाले नजरबन्द राखेको छ ।

म्यान्मार सैनिक प्रमुख मिन आङ ह्लाइले एक साताअघि चिनियाँ टेलिभिजनमार्फत नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका थिए। टेलिभिजनमा बोल्दै उनले हप्तादिन भित्रै अदालतको आदेश अनुसार सुकीलाई विशेष अदालतमा हाजिर गराउनेसमेत जानकारी गराएका थिए।

नेशनल लिग फर डमोक्रेसी पार्टीकी सर्वोच्च नेत्री सुकीलाई सैन्य सत्ताले विभिन्न फौजदारी अभियोग लगाएको उनका छ। जसमध्ये गत नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेको आरोप पनि थियो । तर, त्यसलाई निर्वाचन आयोगले जुन्ताको निराधार आरोपलाई अस्वीकार गर्दै खण्डन गरिसकेको छ। भने विना–अनुमति वाकिटकी सेट राखेको, कोराना कालिन समयमा नियम उल्लघंन गरेको, जनमानसमा अशान्ति फैलाएको र सरकारी गोपनीयता भंग गरेको जस्ता गम्भीर आरोप लगाएको छ।

गत माघ–१९ मा तत्कालीन राष्ट्रपति र नेत्री सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो।