कोरोना महामारीकाबीच यूएईमा २ लाख ४८ हजार नयाँ रोजगारी

कोरोना महामारीकाबीच यूएईमा २ लाख ४८ हजार नयाँ रोजगारी

दुबई। कोरोना महामारीले विश्व अर्थतन्त्र धरासायी भइरहेको बेला यूनाईटेड अरब इमिरेट्स (यूएई) ले गत वर्ष लाखौं व्यक्तिलाई रोजगारी दिएको बताएको छ।

गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजार चौपट छ। धेरै देशले रोजगारीमा कटौती गर्नु परेको थियो
। तर, यूएईले यस अवधिमा २ लाख ४८ हजार नयाँ रोजगारी सिर्जना गरेको यहाँका राजा शेख मोहम्मद बिन रसिद अल मख्तुमले दावी गरेका छन्। मख्तुम यूएईका शाषक मात्र होइन, प्रधानमन्त्री पनि हुन्।

विश्वव्यापी महामारी बनेको कोरोनाका कारण संसारभरि लाखौं मानिस रोजगारीबाट बञ्चित भएपनि यूएईको हकमा यसको असर नपरेको उनले बताए।

‘विश्व अर्थतन्त्र ४ प्रतिशतमा खुम्चियो, अन्तर्राष्ट्रिय व्यापारमा २० प्रतिशतले मन्दी आयो र २०२० मा लाखौंले रोजगारी गुमाए,’ शेख मख्तुमले ट्वीट गरेका छन्–‘यसै वर्ष, यूएईको अर्थतन्त्रले १ लाख रोजगारी रिटेल र इ–वाणिज्य क्षेत्रमा सिर्जना गरेको छ र १ लाख ४८ हजार रोजगारी वित्तिय, प्रविधि तथा टेलिकम्युनिकेशन क्षेत्रमा।’

उनले विपद् व्यवस्थापन गर्न सफल भएकोले अवसर सिर्जना गर्न तथा व्यवस्थापनमा सहज भएको बताए।