एनआरएनए दक्षिण कोरियामा सदस्यता आव्हानको समयअवधि एक हप्ता थप

एनआरएनए दक्षिण कोरियामा सदस्यता आव्हानको समयअवधि एक हप्ता थप

सौल । गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले सदस्यता आव्हानको समय अवधि थप गरेको छ । संघका महासचिव विमल सुवेदीले एक सूचना जारी गर्दै एक हप्ताको समयअवधि थप गरिएको जनाएका छन् ।

यसअघि संघले आगामी कार्यकाल २०२१–०२३ को लागि २३ अप्रिलमा १ महिनाको समयअवधि तोकी ‘स्मार्ट एनआरएनए मोबाइल एप’बाट सदस्यता आह्वान गरेको थियो । जुन समयअवधि २२ मे राती १२ बजे सकिएको थियो । तर, यो अवधिमा प्राविधिक समस्या आएकोले समय थप गरिएको बताइएको छ ।

महासचिव सुवेदीद्धारा जारी सूचनामा भनिएको छ, ‘एनआरएनए दक्षिण कोरियाले तोकेको मापदण्ड पूरा गरी ‘स्मार्ट एनआरएनए मोबाइल एप’ बाट सदस्यता फारम भरेका र फारम भर्दै गर्दा केही प्राविधिक समस्या आइ आवश्यक कागजात बुझाउन नपाएका वा सदस्यता आवेदनका लागि न्यूनतम ‘स्मार्ट एनआरएनए एप’ डाउनलोड गरेका तर, भेरिफिकेशन कोड प्राप्त नगरेका कारण फोल्डरमा गएका पंजीकृत सदस्यता आवेदकको हकमा २२ मेको कार्यसमिति बेठकको निर्णय अनुसा् २७ मे राती १२ बजेसम्म आवेदन प्रक्रिया पूरा गर्नका लागि समय उपलब्ध गराउने जानकारी गराइन्छ ।’