नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ६ हजार बढीले ज्यान गुमाए

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ६ हजार बढीले ज्यान गुमाए

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टमा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जनाले भने भाइरसविरुद्धको लडाइमा सफलता प्राप्त गरेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमणको कारण ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै थप १२९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल १ लाखभन्दा माथि ‘एक्टीभ केस’ रहेको मन्त्रालयको तथ्याङकले देखाउँछ । अहिले देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकोे छ ।