कोरोनाविरुद्धको लडाइमा अमेरिकाबाट स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौं। अमेरिकाले कोरोना महामारीविरुद्धको अभियानमा नेपाललाई सहयोग गर्न पठाएको स्वास्थ्य सामाग्री शनिबार काठमाडौं आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका थिए।
अमेरिकी कार्गो बिमानबाट आएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स छन्। यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले नेपाललाई उपलब्ध गराएको थियो।
यूएसएडले आइतबार पनि १ हजार थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर