स्वीस सरकारले उपलब्ध गरायो, ८० लाख डलर बराबरको स्वास्थ्य सामाग्री

स्वीस सरकारले उपलब्ध गरायो, ८० लाख डलर बराबरको स्वास्थ्य सामाग्री

काठमाडौं।नेपाल सरकारको आग्रह स्वीकार गर्दै स्वीस सरकारले ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ उपकरण सहायता गरेको छ।
शनिबार स्विट्जरल्याण्डबाट काठमाडौं अवतरण गरेको विशेष कर्गो विमानमा ल्याइएको स्वास्थ उपकरण स्वीस राजदूत एलिसाबेथ भोन क्यापलरले स्वास्थ्य मन्त्री हदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्।

कोरोना महामारीबाट लड्न नेपाल सरकारले विदेशी दूतावासमार्फत दौत्य–सम्बन्ध भएका देशहरूसँग केही समयअघि सहयोगको आग्रह गरेको थियो। यसैलाई स्विकार गर्दै स्वीस सरकारले ३० टन स्वास्थ्य समाग्री भएको सामान नेपाल सरकारलाई सहयोग गरेको हो।

स्वीस सरकारले उपलब्ध गराएको सहयोगमा ४० थान भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर रहेको छ। यस्तै, ११ लाख र्यापिड एन्टिजेन टेस्ट तथा प्रोटेक्टिभ इक्विप्मेन्ट ९१ लाख १० हजार केएन ९५ मास्क, ५० हजार ग्लोब्स र १५ हजार लुगा रहेको छ।

स्वीस सरकारले उपलब्ध गराएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा सुरक्षित स्वास्थ्य सामाग्री नेपालके विभिन्न अस्पताललाई उपलब्ध गराइने स्वीस दूतावासद्धारा जारी विज्ञप्तीमा बताइएको छ।

‘कोरोना महामारीविरूद्धको लडाइमा स्वीट्जरल्याण्ड नेपाल तथा नेपाली नागरिकको साथमा उभिएको छ। हाल उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीले महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारलाई सहयोग पुग्ने आशा हामीले गरेका छौं,’ राजदूत कापलरले भनिन्।