अमेरिकाले तीनवटा जहाँजमा नेपाललाई स्वास्थ्य सामग्री पठाउँदै

अमेरिकाले तीनवटा जहाँजमा नेपाललाई स्वास्थ्य सामग्री पठाउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ । जसमा सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री रहेको अमेरिकी सहयोग नियोग यूएसएडले जानकारी दिएको छ ।

अमेरिकाले तीनवटा जहाँजमा सामाग्री पठाउने जनाएको छ । तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ । उक्त जहाज शरक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय तालिका रहेको छ ।

अमेरिकाले गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराइसकेको यूएसएडले बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीटमार्फत नेपाललाई गरिने सहयोगबारे अवगत गराएका छन् । उनले ट्विट गर्दै नेपालमा बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन् ।