कोरोनाविरुद्ध ​लड्न नेपाललाई अष्ट्रेलियाको झण्डै साढे ६३ करोड सहयोग

कोरोनाविरुद्ध ​लड्न नेपाललाई अष्ट्रेलियाको झण्डै साढे ६३ करोड सहयोग सिड्नी अष्ट्रेलिया

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यसविरुद्ध जुध्न अष्ट्रेलियाले ६३ करोड ४५ लाख सहयोग गर्ने भएको छ।

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले नेपाललाई कोरोना महामारीविरुद्ध ​लड्न थप ७० लाख अष्ट्रेलियन डलर सहयोग उपलब्ध गराउन लागेकाे जनाएको छ ।

आफूले उपलब्ध गराउने आर्थिक सहयोग स्वास्थ सामाग्री खरिद गर्न सहयोगी सावित हुने अस्ट्रेलियन सरकारको अपेक्षा छ।

नेपालमा पछिल्लो समय फैलिएको कोरोना महामारीको उपचारका लागि अस्पतालमा अक्सिजनको अभाव हुँदा मानिसहरू अधिक मात्रामा मृत्युवरण गर्न बाध्य छन्।

अस्ट्रेलियन सरकारले अक्सिजनको आपूर्तिलगायत स्वास्थ्यकर्मीको लागि आवश्यक सुरक्षा सामाग्री खरिद गर्न पनि आफूले उपलब्ध गराउने रकम सहयोगी सावित हुने बताएको छ।

अस्ट्रेलियन सरकारले यो रकम नेपालमा काम गरिरहेको आफ्नो सहयोगी संस्थामार्फत उपलब्ध गराउने भएको छ।