नयाँ दिल्लीलाई ट्रान्जिट बनाइ यूएईबाट काठमाडौंँ आउन थाले नेपाली

नयाँ दिल्लीलाई ट्रान्जिट बनाइ यूएईबाट काठमाडौंँ आउन थाले नेपाली

काठमाडौं। नेपालमा ‘नयाँ भेरियण्ट’को कोरोना भाइरस अक्रामक गतिमा फैलिएसँगै सरकारले गरेको निषेधज्ञा जारी छ। अत्यावश्यक चार्टर्ड उडान बाहेकका अन्य सबै अन्तर्राष्ट्रिय उडान पनि ठप्प छन्।

उडान बन्द भएपछि त्यसको ठूलो असर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई परेको छ। विदेशबाट घर फर्किन टिकट काटेर बसेका हजारौँ नेपाली अलमलमा छन्।


उडान प्रतिबन्धका कारण खाडीमुलुक यूएईबाट पनि करार अवधि सकाएर तथा नियमित घरविदामा फर्किनेहरु फर्किन पाएका छैनन्।

उडान प्रतिबन्ध लामो समयसम्म लम्बिने डरले यूएईमा रहेका नेपालीले अनेकौँ उपाय गरेर भएपनि नेपाल फर्किन खोजिरहेका छन्। यसको एउटा उदारहण हो, यूएईबाट दिल्ली ट्रान्जिट भइ काठमाडौंँ आएका ५ जना नेपालीको । मे १९ तारिख यूएईको दुबईबाट दिल्ली ट्रान्जिट हुँदै ५ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु अहिले काठमाडौंको एक होटेलमा क्वारेन्टाइन बसिरहेका छन् ।

उनीहरुले सामाजिक संजालमा एउटा भिडियो पोष्ट गर्दै दुबईबाट दिल्ली हुँदै नेपाल आउन केके गर्नुपर्छ त्यसको जानकारी दिएका छन् । उनीहरुका अनुसार दुबईबाट दिल्ली ट्रान्जिट भएर नेपाल आउन त्यती सजिलो भने छैन । पीसीआर मात्र पनि यूएई र भारत गरी २ पटक गर्नुपर्ने उनीहरुको भनाइ छ ।