नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप २४६ जनाको मृत्यु भएको छ । यो हालसम्मकै सबैभन्दा बढी मृत्यु भएको तथ्यांक हो । यसअघि सबैभन्दा बढी २८ वैशाखमा २२५ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगको छ ।
मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ७१३ रहेको जनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर