भारतीय नागरिक बोकेर साउदी उड्दै नेपाल एअरलाइन्स

काठमाण्डौं। बुधबार (आज) पनि नेपाल एअरलाइन्सले भारतीय नागरिकलाई साउदी अरेविया लैजान दुईवटा उडान भर्ने भएको छ ।
नेपालमा रहेका भारतीय नागरीकलाई उद्धार गरेर एअरलाइन्सले साउदीको रियाद र दमाम पुर्याउन उडान भर्ने भएको हो ।
निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीय नागरिकलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।
मंगलबार हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँचवटा उडानमार्फत भारतीय नागरिकलाई साउदी लगिएको थियो । अब बुधबारकाे उडानसहित ५ वटा उडान भर्न बाँकी छन् ।