लमजुङमा फेरी ५.३ रेक्टरस्केलको भूकम्प, क्षतीको विवरण आउन बाँकी

लमजुङमा फेरी ५.३ रेक्टरस्केलको भूकम्प, क्षतीको विवरण आउन बाँकी

काठमाडौं । लम्जुङको भुलभुले केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ । विहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

तर, भूकम्पले कति क्षती गर्‍यो त्यो विवरण भने आउन बाँकी छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पमा घर भत्कँदा एकजना महिला घाइते भएकी थिइन ।

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते, अन्य विवरण आउन बाँकी