लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते, अन्य विवरण आउन बाँकी

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते, अन्य विवरण आउन बाँकी

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भूकम्पले बेसीशहर नगरपालिकामा घर भत्किँदा एक महिला घाइते भएकी छिन् । भने केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *