हङकङका नेपालीको मनकारी भावना, मातृभूमिलाई सय थान अक्सिजन कन्सन्ट्रेटर

हङकङका नेपालीको मनकारी भावना, मातृभूमिलाई सय थान अक्सिजन कन्सन्ट्रेटर

हङकङ। नेपालमा कोरोनाको महामारी बढ्दै गर्दा प्रवासमा बसोबास गर्ने नेपालीहरुले ठूलो मन देखाएका छन्। मध्यपूर्वबाट सुरु भएको यो सिलसिला अहिले एशिया प्यासिफिकतर्फ सरेको छ।

हङकङलाई आफ्नो कर्मथलो बनाउँदै आएका नेपालीहरुले कोरोनाविरुद्धको लडाईमा आफ्नो दाजुभाई, दिदीबहिनीलाई सहयोग गर्न अक्सिजन कन्सन्ट्रेटर किनेर पठाउने अभियान सुरु गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआएनए) हङकङले सुरु गरेको यो अभियानमा हङकङमा बसोबास गरिरहेका सयौ सहयोगी मनहरुले हातेमालो गरेका छन्।

एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङ (राधिका) को नेतृत्वमा सुरु भएको अभियानमा सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन लागिएको संघले बताएको छ।

‘यो अभियानमा खुलेर सहयोग गर्ने सबैप्रति आभारी छु। यो अभियानलाई थप प्रभावकारी बनाउन सबैको सहयोगको अपेक्षा गरेको छु,’ गुरुङले प्रवास खबरसँग भनिन्।

नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाउने अभियानमा अध्यक्ष गुरुङ आफैले ६५ सय हङकङ डलर सहयोग गरेकी छिन्। हङकङमा एउटा अक्सिजन कन्सन्ट्रेटरको मुल्य ६५ सय हङकङ डलर रहेको छ। संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले पनि एउटा मेसिन बराबर ६५ सय हङकङ डलर सहयोग गरेका छन्।

यस्तै पूर्वअध्यक्ष तथा आइसीसी सल्लाहकार त्रिलोक गुरुङले दुई वटा मेसिन बराबर १३ हजार सहयोग गरेका छन्। पूर्वअध्यक्ष दुर्गाबहादुर गुरुङ र ललितबहादुर लिम्बु, आइसीसी सदस्य दिलिपसिंह गुरुङ तथा डासुराम पराजुलीले पनि एउटा मेसिन बराबरको रकम उपलब्ध गराएका छन्।

यसैगरि पूर्वआइसीसी सदस्य डा शर्मिला गुरुङले एक थान मेसिन बराबरको मुल्य उपलब्ध गराएकी छिन्। महासचिव गोकर्ण प्रसाद ढकाल, प्रवक्ता बिजयकुमार गुरुङ, महिला संयोजक अनु राईले पनि एक–एक थान बराबरको रकम उपलब्ध गराएका छन्। तमु ट्हो ह्युल हङकङ र तमु ट्हो ह्युल हङकङ महिला बिभागले दुई थान मेसिन बराबरको रकम उपलब्ध गराएका छन्।

यसैगरि नमो बुद्ध आमा समूह हङकङ, हिन्दु मन्दिर एसोसियसन, मिसेस हङकङ–२०१८ टिमले पनि एक–एक थान मेसिन बराबरको रकम उपलब्ध गराएका छन्। एनआरएनए हङकङका सल्लाहकार बेदबहादुर खड्काले दुई मेसिन बराबर, ब्यबसायी नुतन खड्का, अंकल रस ९वाई।वि राई० ले पनि एक–एक थान मसिन बराबरको रकम उपलब्ध गराएका हुन्।

यस्तै प्यारामाउन्ट इन्जीनियर कम्पनीका सुरेन्द्र ढाकलले पनि एक मेसिन बराबरको मुल्य उपलब्ध गराएका छन्। जि।क्लड कम्पनीका मेख गुरूड, गिरी गुरूड,बल प्रसाद गुरूडले १० हजार, एनआरएन सल्लाहाकार धरमकुमार गुरूडले ६५ सय, एनआरएन सल्लाहाकार अर्जुन गुरूडले ६५ सय, नेवार समाज हङकङका अध्यक्ष रचान प्रधान तथा टिमले ६५ सय, पर्वत क्लब हङकङका काजी गुरूड तथा टिमले ६५ सय, आकाश हेन्डीक्राफका आकाश बन्जरले ६५ सय, एनआरएन आईसीसी पूर्वकोषाध्यक्ष प्रकाश पुनले ६५ सय उपलब्ध गराएका छन्।

यसैगरि सहयोग गर्नेमा एस।आर।कम्पनीका ज्ञानेन्द्र थापा, मोहन गुरूङले ६५ सय, पर्वत भुकादेऊरालीका अध्यक्ष पदमबहादुर गुरूङ, नमो बुद्ध आमा समूह हङकङका अध्यक्ष पदम कुमारी गुरूड र सपरिवारले ६५ सय उपलब्ध गराएका छन्।

एनआरएएन सल्लहाकार देव गुरूड र बागलुङ समाजले १–१ हजार हङकङ डलर उपलब्ध गराएका छन्।