अब नेपालमै अक्सिजन सिलिण्डर निर्माण हुने

अब नेपालमै अक्सिजन सिलिण्डर निर्माण हुने

काठमाडौं।नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट० ले अक्सिजन ग्यास सिलिन्डरको उत्पादनका लागि पहिलोपल्ट गरेको परीक्षण सफल भएको छ।

कोरोना महामारीका बीच अक्सिजन सिलिन्डरको चरम अभाव हुँदा थुप्रै नेपालीले अकालमा मृत्युवरण गर्नुपरिरहेको बेला नास्टको सफल परीक्षणले सबैलाई हौसाएको छ।

नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी मंगलबार दिँदै भने,‘सुरक्षाको अन्तिम उपाय अवलम्बन गर्न बाँकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिनेछौँ।’

हाल नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य १५ हजार पर्छ। तर, नास्टले तयार गरेको सिलिन्डर १० हजार रुपैयाँभन्दा कम मूल्यमा पाइने उनले बताए। एउटा सिलिन्डरमा २ सय २५ पल्ट ग्यास भर्न मिल्ने बताइएको थियो। परीक्षण गर्दा ग्यासको दबाब २ सय ३५ पल्ट पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या देखिएको थियो।

‘अन्तिम परीक्षण गर्न बाँकी छ,’ डा। ढकालले बताए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको सुरुवात गरेका थिए। नास्टले सिलिन्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिने बताएको छ।